नियम २६
निरीक्षण गर्न सक्ने

(१) मन्त्रालयले कुनै टोली वा अधिकारी खटाई इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीको कार्यालय वा निजको काम कारबाहीको निरीक्षण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्न आउने टोली वा अधिकारीले माग गरे बमोजिमका विवरणहरु उपलब्ध गराउनु सम्बन्धित इजाजतपत्र प्राप्त जलयात्रा व्यवसायीको कर्तव्य हुनेछ ।